|

  • विदूर कटुवाल 

उदयपुर : अदुवाको  व्यापार सोचेजस्तो नभएपछि जिल्लाका कृषकहरु चिन्तामा परेका छन्। उदयपुरको एक सय २३ हेक्टर जग्गामा स्थानीय कृषकले उत्पादन गरेको अदुवाले बजार पाउन सकेको छैन्।

एकसय २३ हेक्टर जमिनमा १८ सय मेट्रिकटनभन्दा बढी अदुवा उत्पादन हुँदै आएको छ, कृषि विकास कार्यालय उदयपुरका बागबानी अधिकृत रामकुमार यादवले भने,‘अदुवाको बिक्री सुरु भएको कात्तिकदेखि हालसम्म ४० प्रतिशत मात्र अदुवा बिक्री भएको छ। यादवले भने। 

गत वर्षभन्दा यस वर्ष अदुवाको उत्पादन राम्रो भएको छ। तर उत्पादन अनुसारको बजार छैन। गएको वर्ष प्रतिकिलो ५० देखि एक रुपैयाँसम्म बिक्री भएको अदुवा अहिले प्रतिकिलो २५ देखि ३५मा बिक्री भैरहेको छ।गएको वर्षको तुलनमा अहिले अदुवाको सस्तो मुल्य छ, तर, अदुवा ठेकेदार बोलाउँदा पनि आउँदैनन्, अदुवा खेती गर्ने हर्देनी स्थानीय अर्जुन राउतले भने,‘खाद्यन्न बालिको खेती नगरी अदुवा रोप्ने कृषकलाई भोकमारी लाग्ने भयो।

कृषि बिकास कार्यालय उदयपुरका हर्देनी, मयाखु, लेखानी, सोरुङ, लिम्पाटार, सिरिसे, साउने, रौता, पञ्चावती लगायतका दुई दर्जन पहाडी गाबिसमा अदुवा खेती हुँदै आएको छ।

अदुवा बेचेरै छोराछोरीको पढाई खर्च, नुनतेला, चामलदेखि घरयासी समस्याको टार्ने कृषकहरु यसपटक बजार नपाउँदा मर्कामा परेको बताउँछन्।भएको खेतबारीमा सबै अदुवा रोपिएको छ, मयाँखुका कृषक मोहनबहादुर श्रेष्ठले भने, ‘अहिलेसम्म अदुवा पनि बिक्री भएन, मुल्य पनि कम छ, घरमा खाने अन्नको समस्या हुने भो।

गएको तीन वर्ष अघि सामान्य कृषकले समेत अदुवा बेचेर ८ देखि ३० लाखसम्म आम्दानी गरेपछि जिल्लाका धेरैजसोले अदुवा उत्पादन थालेका थिए।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल उदयपुरका सचिव कुशल राउतले अदुवाबाट आम्दानी लिन हौसियतका कृषकलाई यस वर्ष ठूलो घाटा लागेको छ।

उदयपुरमा उत्पादन भएको अदुवा नेपाली बजारमा मात्र नभएर भारतका विभिन्न सहर बैङ्गलोर, मुम्बई, पटना लगायत ठाउँमा समेत पुग्ने गरेको कृषि कार्यालय उदयपुरको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.