|
Photo : storageseriallabs.blob.core.windows.net

रुकुम : रुकुम काँडा गाविसमा अज्ञात रोगका कारण कुखुराहरु धमाधम मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन्। 

अज्ञात रोगका कारण अहिलेसम्म ५० भन्दा बढी कुखुरा मरिसकेको स्थानिय श्रीकृष्ण बुढाले जानकारी दिए।

उनका अनुसार यसअघि वर्षातको समयमा कुखराहरु मर्ने गरेको भएपनि यसपटक हिउँदको समयमा नै रोग लागेर कुखुराहरु मरेका हुन्। कुखुराहरु झोक्राउने र चारो नखाने जस्ता लक्षण देखिएको एक\दुई दिनमै मर्ने गरेका छन्।

गाउँमा नजिकै कुखुराको औषधि पाइने एग्रोभेट तथा पशु सेवा केन्द्र नहुँदा झन समस्या भएको हो। यस समस्याबाट सबैभन्दा बढी गाविसको वडा नम्बर ६, ७, ८ र ९ बढी प्रभावित भएका  छन्।

यस विषयमा जिल्ला पशुसेवा कार्यालयमा बुझ्दा यस बारे कार्यालयमा जानकारी नआएको र बुझेर त्यस क्षेत्रमा कर्मचारी खटाउने बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.