|

गोवा (भारत) : भारतीय पत्रकार तरुण तेजपाललाई उनकै एक कर्मचारीले यौन हिंसाको आरोपमा गोवास्थित अदालतमा मुद्दा दर्ता गरेकी छन्।

तहल्का डटकमबाट चर्चामा आएका तेजपालमाथि यो आरोपलाई दुर्भाग्यपूर्ण घटनाका रुपमा भारतीय पत्रकारहरुले लिएका छन् ।

सर्वोच्च अदालतले भनेको छ, 'यो गम्भीर अपराध रहेको छ।' यो मुद्दाको सुनुवाइ ६ महिना भित्र हुने पनि अदालतले जानकारी दिएको छ ।

यसअघि गोवा उच्च अदालतले तेजपालको अपिल खारेज गरेको थियो। मुद्दा खारेजका लागि उनले अदालतमा रिट पेश गरेका थिए। ततपश्चात पुनः तेजपाल सर्वोच्च अदालत गएका थिए, त्यहाँ पनि उनको पक्षमा फैसला भएन् ।

बिबिसीका अनुसार सन् २०१३ नोभेम्बरमा एक होटलमा तहल्का म्यागेजीनको कार्यक्रम भएको अवसरमा सहकर्मीले होटलको लिफ्टमा यौन हिंसा गरेको आरोप लगाएकी थिइन्।

उत्तरी गोवाको मापुसा सहरको अदालतमा तेजपालले यौन हिंसा गरेको आरोपमा मुद्दा दायर भएको थियो । तरुण तेजपाल तहल्का म्यागजिनका संस्थापक हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.