|

बुटवल : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जित्न जनताकहाँ जानुपर्ने बताएका छन्। 

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार भैरहवामा गरेको एक कार्यक्रममा सभापति देउवाले अहिले पार्टीको राजनीति चुनाव केन्द्रित हुनुपर्ने बताएका हुन् । 

उनले भाषणलेमात्रै नहुने भन्दै चुनाव जित्न जनताकहाँ जानैपर्ने बताए । देउवाले पार्टीमा समावेशी नभएकाले पनि त्यसअनुसार भोट नआएको दावी गरे । 
‘हरेक समुदायले पार्टीमा जति प्रतिशत आरक्षण पाएका छन्,’ देउवाले भने,  ‘त्यसअनुसार भोट ल्याउनुपर्छ।’ 

एक फरक प्रसंगमा सभापति देउवाले नेतृत्वविरुद्ध बोल्नेहरुलाई अनुशासनको कारबाही गर्नुपर्ने बताए । ‘पार्टीभित्रै अन्तरघात गर्नेलाई कारबाही नचलाउने हो भने चुनाव जित्न सकिँदैन’, उनले भने। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.