|

नेपालगन्ज : राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले नेपालको पछिल्लो मानवअधिकारको अवस्था चुनौतीपूर्ण रहेको बताएकी छन्।  

आयोगको क्षेत्रीय कार्यालय, नेपालगन्जद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “अन्यौलपूर्ण राजनीतिक अवस्थाका कारण आमनेपाली जनता उकुसमुकुसको अवस्थामा छन्, मानवअधिकारको अवस्था झन् जटिल बन्दै गएको छ।”

अन्सारीले मानवअधिकार उल्लङ्घनमा परेका नागरिकलाई न्याय दिलाउन तथा दोषीमाथि कारबाही गर्न आयोगले सरकारलाई सिफारिस गर्ने फाइलउपर समयमा छिनोफानो नहुँदा आयोगप्रति नागरिकमा वितृष्णा उत्पन्न हुन थालेको बताइन्।  

प्रवक्ता अन्सारीको थप कथन थियो, “मानवअधिकार संरक्षण एवम् सम्वर्द्धनमा राष्ट्रिय संयन्त्रहरू प्रभावकारी नभएका कारणले नै सरकार र जनताबीचको दुरी बढ्ने गरेको छ, यो सुखद पक्ष होइन।”

प्रवक्ता अन्सारीले मानवअधिकार उल्लङ्घनकर्ताहरूको सूची आयोगसँग छ भन्दै आयोगले उनीहरूको नाम छिट्टै सार्वजनिक गर्नेसमेत बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.