|

भक्तपुर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मुलुकमा अहिले दुईखाले अतिवादको खतरामा रहेको बताएका छन्।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले शनिबार ४१ औँ मेलमिलाप दिवसको अवसरमा भक्तपुरमा आयोजना गरेको विचार गोष्ठीमा मन्त्री लेखकले मुलुकमा अहिले संविधान नै नमान्ने र संविधानमा संशोधन गर्नै हुन्न भन्ने दुईखाले अतिवाद हाबी रहेको बताए।

दुबैखालको अतिवादले मुलुकलाई द्वन्द्वमा धेकेलेर विखण्डनको मार्गमा पुर्‍याउनेतर्फ सचेत गराउँदै मन्त्री लेखकले भने,– “एकाथरि अतिवादले संविधानलाई कागजको खोस्टो भन्छ र अर्को अतिवादले संविधानमा कमा, पूर्णविराम पनि परिवर्तन हुन्न भन्छ, आखिर यी दुबैखाले अतिवादले मुलुकलाई द्वन्द्वमा लगेर विखण्डनको मार्ग अवलम्बन गर्छ।” 

मन्त्री लेखकले सहमतिका लागि सरकार संशोधन विधेयकलाई परिमार्जन गर्न तयार रहेको बताउँदै विगतमा एमाले र कांग्रेसबीच संविधान संशोधनका लागि सम्झौता भएको उल्लेख गरे।

आन्दोलन छोडेर समस्या समाधानका लागि संसदीय प्रक्रियामा आउन एमालेलाई आग्रह गर्दै उहाँले संसद अवरोधले संवैधानिक र लोकतान्त्रिक प्रक्रिया नै अवरुद्घ हुने बताए।  

मन्त्री लेखकले सरकारले संशोधनको गलत प्रस्ताव गरेको भए संसदीय प्रक्रियाबाट असफल बनाउन विपक्षी दललाई चुनौती दिए।

लेखकले सरकार संसदमा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जन गरेर सहमति खोज्न तयार रहेको बताए। दलहरू मिलेर संविधान कार्यान्वयनमा जानुको विकल्प नरहेको उनको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • तरुल तरुल त तरुलै हो हैन चट्टान आखिर पृथ्वी भित्र बन्यो देह कस्ले बुझ्दछ बाहिर बस्छौँ तरुलमा बोल्छौँ चट्टानमा बसेसरि कोपिन्छौँ अरुले कोप्दा छिया छिया हुने गरी अरुका हातको ढर्रा पिउँदा होस गै सक्यो होसमा आउँदा होला टुक्रा तरुल भै सक्यो

  • Nepal ko bartaman sambaidhanik.samasya.samadhan.ko.upaye.Madhyammargi.bato pahilayee.nu.paryo....desh dubhine.manobigyan.nirwan.garirahanu.hudaina.chado.sochiyos.