|

ताप्लेजुङ:  सुनसरीको एलाभेन एरोज फुटबल क्लब ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ। सोमबार भएको प्रतियोगितामा यु.के.एफ.सि दार्जेलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरीले सेमिफाइनलमा रेडहर्ष क्लव इलाम सँगको भेट पक्का गरेको हो।

खेलको दोश्रो हाफको ५ औँ र ११ औँ मिनेटमा यानिक ओनाले सुनसरीका लागि गोल गरेका थिए। यानिक ओना क्याम्रुनका खेलाडी हुन्। यस्तै थ्रिस्टारका २, मनाङ मस्र्याङ्दी, एनआरटि र सरस्वतीका १/१ जना खेलाडीले समेत सुनसरीबाट खेलेका थिए।  यस्तै सोमबारको खेलमा सुनसरीका रुपेश केसी म्यान अफ दि म्याच घोषित भएकाछन्। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे।

मंगलबार हुने पहिलो चरणको अन्तिम खेलमा दिउँसो २ बजे रेडस्टार क्लब झापा र गोर्खा स्पोर्टिङ क्लब दमकबीच प्रतिस्पर्धा हुने छ। यस अघि रेडहर्ष इलाम, डाँगीहाट मोरङ सेमिफाइनमा प्रवेश गरिसकेकाछन्।  लाखेजात्राका अवसरमा लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरी १० टिम सहभागी छन् ।

प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफि प्रदान गरिने छ। उपबिजेतालाई १ लाख ५१ हजार नगदसहित ट्रफी दिइने छ। बिहीबारदेखि सदरमुकामस्थित भानुजन माविको खेलमैदानमा जारी प्रतियोगिता भदौ ६ गते सकिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.