कक्षा ९ देखि १२ सम्म तत्काल लागू गर्न सुझाव

|

काठमाण्डौं : योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद र जडिबुडी अध्ययनका लागि पाठ्यक्रम तयार भएको छ।

योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण, परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार पारेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको छ।

योग विज्ञान, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरूको पहिचान गर्न नेपाल संस्कृत विश्व विद्यालयका योग एवं प्राकृतिक विषय समितिका अध्यक्ष डा. हरिप्रसाद पोखरेल संयोजक रहेको समितिले मन्त्री पोखरेललाई सोमबार प्रतिवेदन बुझाएको हो।

समितिको प्रतिवेदन बुझ्दै मन्त्री पोखरेलले आवश्यक तयारी र छलफल गरेर समितिले बुझाएको सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले यो विषय आफ्नो प्राथामिकतामा रहेको उल्लेख गर्दै तत्कालै कार्यान्वयनमा लैजान आवश्यक कदम चाल्ने बताएका थिए।

समितिले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा विद्यार्थीहरूको आकर्षण बढाउनको लागि कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी ऐच्छिक विषय तत्कालै व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएको छ।

नयाँ पाठ्यक्रममा नेपालको जडिबुडी सम्बन्धी वास्तविक अध्ययन समेटिएको समितिका संयोजक डा. पोखरेलले बताए। विभिन्न उपसमिति गठन गरेर करिब ४ महिनामा प्रतिवेदन तयार पारिएको पोखरेलले बताए। नयाँ पाठ्यक्रममा नेपालको संस्कृति, सभ्यता, योगदेखी नेपालका वन जंगल र जडिबुडीको अध्ययन गर्न सकिने पोखरेलले बताए।

योगमाया विश्व विद्यालय गठन हुँदै गरेको स्मरण गर्दै संयोजक पोखरेलले यसबाट उच्च शिक्षा पढ्न समेत सुनिश्चतता हुने बताए।

समितिको सदस्यहरूमा प्रा.डा. सञ्जय पोखरेल, प्रा.डा. नन्दबहादुर सिंह, डा. शेषराज आर्चाय, डा. जनकबहादुर बस्नेत, डा. लेखनाथ पौडेल, सञ्जिवकुमार राई थिए। समितिको सदस्य सचिवमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका पाठ्यक्रम विकास महाशाखा निर्देशक दिपकप्रसाद पौडेल थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.