|

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिक विकासमा स्वर्गीय धर्मरत्न यमीको महत्वपूर्ण योगदान रहेको बताएका छन्। राजनीतिज्ञ, लेखक एवं समाजसेवी स्वर्गीय धर्मरत्न यमीको १०४औँ स्मृति समारोहम धर्म हिरा स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यमी नेपालको इतिहासको विशिष्ट व्यक्ति भएको बताए।

‘राणाशासनविरुद्ध खरो रूपमा उत्रिनुभएका यमी देशभक्त नेता हुनुहुन्थ्यो’, उनले भने। यमीले लोकतन्त्रको सवालमा काङ्ग्रेस, समानताको अधिकारका लागि कम्युनिष्ट र राष्ट्रियताका लागि राजसंस्थासँग नजिक रहेर काम गरेका थिए।

नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख उषा ठाकुरले यमी साहित्य साधक, दार्शनिक, भाषाविद् र संस्कृतिविद् भएको उल्लेख गरे। ‘यमी सच्चा राष्ट्रभक्त र असल प्रजातन्त्रवादी हुनुहुन्थ्यो’, उनले भने।

पूर्वमन्त्री  केशवमान शाक्यले  यमी आँटिलो व्यक्ति र स्पष्ट वक्ता भएको बताउँदै उनको जीवनबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताए। विसं १९७२ मा काठमाडौंमा जन्मिएका यमीका विभिन्न भाषामा एक दर्जनभन्दा बढी कृति प्रकाशन भएको प्रतिष्ठानका अध्यक्ष तिमिला थापाले जानकारी दिए। यमीको २०३२ सालमा निधन भएको थियो। यमी हिसिला यमीका पिता हुन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.