|

काठमाडौं : प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्ति बाराबाट पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय सागर मैनाली रहेका छन्। उनलाई महानगरीय अपराध महाशखाको समन्वयमा ईलाका प्रहरी कार्यालय सिमराको सहयोगमा पक्राउ गरिएको हो । 

मैनालीविरुद्ध विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीका महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जानकारी दिएको छ। 

उनले नाङ्गो खुकुरी देखाउँदै रवि लामिछानेलाई केही भए कसैलाई नछाड्ने धम्की दिएका थिए। प्रहरीका अनुसार फेसबुक लाइभमा मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्दै मार्ने धम्की दिएका थिए। 

फेसबुक लाइभका क्रममा उनले सबै नेतालाई काट्छु, मार्छु भन्दै खुकुरी देखाएका थिए । अपशब्दसमेत प्रयोग गरेकाले पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ। 

प्रहरीका अनुसार सामाजिक सञ्जालमा अपशव्द प्रयोग गर्ने, अभद्र र अमर्यादित टिप्पणी गर्ने, फोटो बिगारेर पोष्ट गर्ने अन्य धेरै जनालाई पक्राउ गर्न टोली खटाइएको छ। शनिबार मात्रै अछाबाट एकजना युवा प्रहरी अधिकारीको फोटो बिगारेर फेसबुकमा हाल्दा पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.