|

काठमाडौं  : सङ्घीय संसद्का सभापतिहरूका लागि भएको गाडी खरिदको विषयमा छानबिन गर्न गठित समितिले खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गरेको छ।

समितिको सोमबार बसेको पहिलो बैठकले खरिद प्रक्रियाका कागजात सङ्घीय संसद् सचिवालयसँग माग गरेको हो  भन्ने खबर गोरखापत्र दैनिकमा छ। 
सोमबार नै सबै कागजात उपलब्ध गराउन समितिले सचिवालयलाई निर्देशन पनि दिएको छ। नयाँ गाडी खरिदपछि हस्तान्तरणको एक महिना नबित्दै प्राविधिक समस्या देखिएपछि सभामुख कृष्णबहादुर महराले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेका थिए। 

छानबिन समिति संयोजक एवं राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले खरिदसम्बन्धी सबै कागजात माग गरिएको बताए। उनले भने, “हामीले खरिद प्रक्रियाका सबै कागजात आजै उपलब्ध गराउन भनेका छौँ। स्पेसिफिकेसनका कागजात पनि माग गरेका छौँ। सचिवालयले दिनुपर्ने कागजात आज नै उललब्ध गराउन भनेका छौँ।”

के हो प्रकरण ?

सङ्घीय संसद्का सभापतिहरूका लागि १६ वटा गाडी खरिदको निर्णय सचिवालयले गरेको थियो। जसमध्ये गत वैशाखमा पाँचवटा गाडी सचिवालयले प्राप्त गरेको थियो। ११ गाडी असार २३ गते मात्र हस्तान्तरण भएका हुन्। सचिवालयले महिन्द्रा एस–फाइभ स्कोर्पियो गाडी खरिद गरेको हो। गाडीको मूल्य ५५ लाख ८० हजार रुपियाँ रहेको सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.