|

काठमाडौ‌ं : नेपाली राष्ट्रिय भलिबल टिमले सोमबार लगनखेल स्थित आर्मीको कभर्डहलमा एभीसी सेन्ट्रल जोन भलिबलको पहिलो खेल खेल्यो। तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वि कीर्गिस्तानलाई नेपालले केहि चुनौती दिएपनि सोझो सेट ३–० को हार टार्न भने सकेन्। जसका कारण तीन टिमबिचको समुह ए मा रहेको नेपाल अब आफनो दोस्रो तथा समुहको अन्तिम खेलम माल्दीभ्सलाई हराउनै पर्ने दबाबमा पुगेको छ।

एभिसीका ‘बि’ श्रेणीमा रहेका सात टिमबिचको सर्वाधिक ठुलो इभेन्टका रुपमा रहेको प्रतियोगिता पहिलो पटक नेपालले आयोजना भइरहेको हो।  खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उदघाटन गरेको प्रतियोगितापछि नेपालले किर्गिजिस्तानविरुद्ध प्रतिष्पर्धा गरेको थियो। नेपाल किर्गिजिस्तानविरुद्ध पहिलो सेटबाटै कमजोर रह्यो लगातार तीन सेटमानै जित निकाल्दा किर्गिजिस्तान सर्भिस बाहेक सबै पक्षमा बलियो देखियो। तर नेपाल भने सुरुवातबाटै रक्षात्मक अबस्थामा पुग्यो। नेपाल सुरुवातबाटै स्पाइक र ब्लकीङमा कमजोर देखियो। नेपालले किर्गिजिस्तानको निरन्तर गल्तिमा पनि अग्रता बनाउन सकेन्।

पहिलो सेटमा नेपाल पुनरागमनको प्रयासकै क्रममा २३–२५ ले खेल गुमाउन पुग्यो दोस्रो सेटमा पनि नेपालले कुनै चमत्कार गर्न सकेन् खेल २२–२५ ले गुमायो। घरेलु कोर्टमा पाहुना टोली किर्गिजिस्तान आत्माविश्वासी देखियो। तेस्रो तथा निर्णायक सेटमा जित्नै पर्ने खेलमा पनि नेपालले आफ्नो कमजोरी सुधार्न सकेन्।

सुरुवातमा २–१ अंकको अग्रता बनाउनुनै नेपालको एकमात्र अग्रताका रुपमा रह्यो। त्यसपछि निरन्तर अग्रता बनाएको किर्गिजिस्तानले सहज रुपमा २२–२५ ले खेल आफ्नो पक्षमा पार्दै महत्वपुर्ण २ अंक हासिल ग¥यो। नेपाललाई पराजित गरेसँगै किर्गिजिस्तानको सेमिफाइनल संभावना बलियो बनेको छ।

नेपाली टिमका प्रशिक्षक हान अब्बीङले नेपालले राम्रो खेलेको बताए। उनले भने ‘हामीले राम्रो खेल्यौं। नेपाल भन्दा निकै बलियो टिम विरुद्धको प्रतिष्पर्धा भएकाले यसलाई खराव भन्न मिल्दैन्।’ उनले किर्गिजिस्तानले आफ्नो अग्लो कदको फाइदा उठाएको बता । अब्बीङले भने ‘उनीहरु निरन्तर खेलीरहेका छन्। त्यसमापनि उनीहरु हामी भन्दा शारीरिक रुपमा पनि अग्ला भएकाले त्यसको फाइदा उठाए। तर उनीहरु विरुद्ध जसरी हामीले खेल्यौं त्यसमा गुनासो गर्ने ठाउँ छैन्।’

किर्गिजिस्तानका सहायक प्रशिक्षक सरबग्यसेभ किलिचवेकले घरेलु मैदानमा नेपालले साहशीक प्रदर्शन गरेको बताए। उनले नेपालको राष्ट्रिय खेललाई दर्शकको अभुतपुर्व साथ रहेको भन्दै प्रसंसा गरे। किलिचवेकले भने ‘हामीले सोचेभन्दा बढी दबाब नेपालले दिन सफल भयो। यो नेपालको राम्रो पक्ष हो, आगामी दिनमा नेपाल बलियो बन्ने छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.