|

एजेन्सी : इंग्लिस प्रिमियर लिगका विगतको खराब प्रदर्शनलाई यो सिजनबाट सुधार्ने ध्याउन्नमा रहेको ओले गुनार सोल्सायरको म्यानचेस्टर युनाइटेड दोस्रो खेलमा आफ्नै गल्तिका कारण महत्वपूर्ण जित निकल्नबाट बञ्चित भयो।

उपाधि दावेदार मानिएको युनाइटेड उल्भ्ससँग बराबरीमा रोकियो। युनाइटेडले खेल दबाबमा राखे पनि पेनाल्टीमा गोल गर्न चुक्दा महत्वपुर्ण दुई अंक गुमायो। जसका कारण उसले उल्भ्ससँग १–१ गोलको बराबरी खेल्दै समान एक अंक बाँड्यो। खेलको २७औं मिनेटमा एन्थोनी मार्सियलको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। मार्सियलले मार्कुस रासफोर्डको पासमा गोल गरेको थिए।

दोस्रो हाफमा शुरुवातमानै घरेलु टोली युनाईटेडले खेल बराबरीमा ल्याउन सफल भयो। ५५औं मिनेटमा रुवेन नेभेसले जाओ मौटिन्होको पासमा गोल गरेका थिए।

६८औं मिनेटमा युनाइटेडले खेलमा अघि बढ्ने अवसर पाएको थियो। रायन बेन्नेटलले मार्सियललाई लडाएपछि पाएको पेनल्टीमा स्टार स्ट्राइकर पल पोग्वा गोल गर्न चुके। पोग्वाको प्रहारलाई उल्भ्सका गोलरक्षक रुइ पेट्रेसियोले बचाए।

अघिल्लो खेलमा चेल्सीलाई ४–० ले पराजित गरेर सनसनीपूर्ण सुरुवात गरेको युनाइटेडले ओल्भससँग भने कुनै चमत्कारीक प्रदर्शन गर्न सकेन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.