|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका ५ स्थित टुडिखेलमा निर्माण हुने मीनी रंगशालाको शिलान्यास गरिएको छ। प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले रंगशालाको शिलान्यास गरेका हुन्।

मन्त्री दुलालले इंटा, सिमेन्ट, बालुवाको घोलले जगको गाह्रो लगाउदै बन्ने रंगशालाको शिलान्यास गरेका हुन्। मीनी रंगशाला निर्माणको लागि डिपिआर तयार भएपछि सोमबार मन्त्री दुलालले रंगशाला शिलान्यास गरेका हुन्। 

रंगशाला उद्घाटन गर्दै मन्त्री दुलालले चौतारा बजारको मात्रै नभएर सिन्धुपाल्चोकको विकासमा सहयोग पुग्ने बताए । ‘खेल क्षेत्रको विकास गर्नको लागि र चौतारालाई आफैमा आत्मनिर्भर बनाउँने उदेश्यले यहाँ रंगशाला निर्माणको लागि पहल गरेको हुँ’ मन्त्री दुलालले भने।  चौतारामा रंगशाला निर्माण भएपछि चौतारा बजारको आकर्षणमा वृद्धि हुने बनाई राखे। रंगशाला निर्माण भएपछि सिन्धुपाल्चोक जिल्लामा मात्रै नभएर आसापासका जिल्लाको फुटबल प्रतियोगिता गर्न आउँदा आम्दानीको स्रोतमा समेत वृद्धि हुने उल्लेख गरे।

रंगशालाको डीपीआर 

जिल्ला प्रशासन कार्यालको नाममा भएको टुडिखेलको जग्गा कानुन प्रक्रिया पुरा गर्न समय लागेको चौतारा सांगाकोगढी नगरपालिका प्रमुख अमान सिं तामाङले बताए। रंगशाला निर्माण भएपछि नगरपालिकाको विकास निर्माणले तिव्रता पाउँने बताए। खेल क्षेत्रबाट नै सिन्धुपाल्चोकलाई मात्रै नभएर देशलाई चिनाउँनको लागि बन्ने रंगशालाले सहयोग पुग्ने अपेक्षा गरिएको समेत जनाए।

यस्तो बन्नेछ रंगशाला

निर्माण हुन लागेका रंगाशाला ४१ करोड ६२ लाख २७ हजारको डिपिआर तयार भएको सार्वजनिक निमार्ण कार्यन्वयन ईकाइका प्रमुख पुर्णवहादुर दर्जिले जानकारी दिए।

रंगशालामा ६ वटा विल्डिङ बन्ने र ६ हजार दर्शकले बसेर हेर्न मिल्ने प्यारासुट निमार्ण हुनेछ। रंगशालाभित्र करिब पाँच सय ओटा पार्किङ गर्न सकिने गरी पार्किङ स्थल समेत निर्माण हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.