|

काठमाडौं : राजधानीमा जारी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा आज पनि तीनवटा खेल हुदैछन्। 

लगनखेलस्थित आर्मीको कोर्टमा दिउँसो ३ बजे हुने पहिलो खेलमा समूह बीमा रहेका बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।  त्यस्तै दोस्रो खेलमा तुर्कमिनिस्तान र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने आजको अन्तिम खेलमा कीर्गिस्तान र माल्दिभ्स भिड्नेछन्। पहिलो खेलमा पराजित भएको अफगानिस्तान आज बंगालदेशविरुद्ध जितको खोजीमा हुनेछ। आज पनि पराजित भएमा भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरीनेछ। यस्तै बंगलादेश पनि आजको खेलमा पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ। 

आजै हुने समुह बी को खेलमा भिड्न लागेका तुर्कमिनिस्तान र उज्वेकिस्तान दुबैले आफ्नो पहिलो खेलमा जित निकालेका छन्। आजको खेल जित्ने टिमले सेमिफाइनलमा स्थान बनाउनेछ भने हार्ने टोली पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै रहनेछ। यस्तै आजको अन्तिम खेलमा भिड्न लागेका समूह ए का कीर्गिस्तान र माल्दिभ्सबीचको खेलले नेपालको आगामी यात्रालाई असर पार्नेछ। पहिलो खेलमा नेपाललाई सोझो सेटमा हराएर सेमिफाइनलमा पुगिसकेको कीर्गिस्तानविरुद्ध जित निकाल्नु माल्दिभ्सका लागि चुनौती हुनेछ।

यदि माल्दिभ्सले कीर्गिस्तानलाई पराजित गरेमा समूहको बाँकी दुबै टोली अंकसहित र नेपाल अंकरहित हुनेछ। यसले नेपालको आगामी यात्रा कठिन बनाउनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.