|
पहिरोले जोखिममा परेका बस्ती

काठमाडौं : मध्यपुरठिमी नगरपालिकाको वडा नम्बर १, २ र ३ खानेपानीको अभाव टार्न ठूलो ट्यांकी बनाउने क्रममा पहिरो गएर भक्तपुरको लोकन्थलीमा पाँच घर भत्किने अवस्थामा पुगेका छन्। पहिरोले तान्‍ने अवस्था आएपछि एउटा घर नै खाली गराउनुपरेको छ। 

ठेकेदारको लापरबाहीले खनेर छाडिएको ट्यांकी निर्माणस्थल बर्षातको पानीले गल्न पुग्दा घर नै जोखिममा पर्ने गरी पहिरो झरेको हो । 

स्थानीयबासीका अनुसार मंगलबार बिहान २ बजेको समयमा पहिरो खसेको हो । पहिरो खसेपछि रोकथामका लागि छलफल भइरहेको मध्यपुरठिमी नगरपालिका-१ का अध्यक्ष सुरज खड्काले बताए। 

 त्यहाँको खानीपानीको अभाव टार्न वडा नम्बर १ का लागि पहिरो गएको स्थानमा पाँच लाख लिटर क्षमताको ट्यांकी एक करोड ३२ लाख रुपैयाँमा निर्माण भइरहेको थियो। यहाँ गत वैशाखदेखि ट्यांकी बनाउन थालिएको थियो।

तर ट्यांकीका लागि खनेपछि अलपत्र छाडेर भदौ लागेपछि काम थालिएको थियो। पर्खाल लगाउन भनेर भिरालो स्थानमा खनेलगत्तै बस्ती नै जोखिममा पर्ने गरी पहिरो गएको हो । 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.