भदौ १२ गते पहिलो उडान भरिँदै

|

काठमाडौं : जापानको ओसकासम्म उडान भर्नका लागि नेपाल एयरलाइन्सले तयारी पूरा भएको जानकारी दिएको छ। नेपाल एयरलाइन्सले मंगलबार पत्रकार सम्मेलन गरी अगस्ट २९ अर्थात भदौ १२ गते उडान भर्न निगको तर्फबाट सबै तयारी पूरा गरिएको जनाएको हो। 

सन् २००७ सम्म संघाई हुँदै ओसका विमानस्थलमा उडान भरेको नेपाल एयरलाइन्सले १२ वर्षपछि यो पुन: विमानस्थलमा उडान भर्न लागेको हो। नेपालबाट ओसाकाका लागि यो सिधा उडान हुनेछ। 

पहिलो उडानमा डेढ सय यात्रु रहने नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी गराए। 

यसअघि गत जुलाई महिनाबाट उडान गर्ने तयारी रहेकोमा अफ सिजन  भएको कारण देखाउँदै अगस्टमा सारिएको थियो।

नेपाल एयरलाइन्सले अगष्ट २९ देखि सेक्टेम्बर अन्तिमसम्मका लागि प्रमोशनल समय राखेको छ। पहिलो उडानमा यात्रुको समस्या नरहे पनि त्यसपछिका उडानमा भने यात्रु कमी भएको निगमले जनाएको छ। जसकf लागि दुईतर्फी भाडा ७० हजार तोकिएको छ। वार्षिक औषत टिकदर एक लाख रुपैयाँ रहने कार्कायरुी अध्यक्ष खरेलले बताए। 

एक लाख रुपैयाँ टिकटदर मान्दा ७० प्रतिशत टिकट बुकिड्ङ भए नेपाल उडान नाफामा जाने निगमले जनाएको छ।  यो सँगै चीनको गन्जाओ र जापानको नाकिता विमानस्थलमा उडानका लागि तयारी भएको कार्यकारी अध्यक्ष मदन खरेलले बताए। उनले आगामी एक वर्षभित्रमा ओसाकाका लागि पुल उडानको अपेक्षा गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.