|

कपिलवस्तु : हतियार देखाएर कपिलबस्तु सदरमुकाम तौलिहवास्थित आनन्दबागबाट ३ लाख रुपैयाँ लुटिएको छ। नचिनेका मान्छेको समूहले हतियार देखाएर कपिलबस्तु नगरपालिका ३ आनन्दबागबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका ब्यक्तिले सो रकम लुटेका हुन्।

सदरमुकाम तौलिहवा स्थित राष्ट्रिय वाणिज्य बैंकबाट मंगलबार अपरान्ह पैसा निकालेर बुद्धभुमि नगरपालिका १० विजगौरी तर्फ जाँदै गरेका रामकुबेर धोवीको साथबाट ३ लाख रुपैयाँ नगद लुटेको प्रहरीले जनाएको छ।

नम्बर नखुलेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जनाले हतियार देखाएर पैसा लुटेको धोवीले बताएका छन्। उनको साथमा रहेको मोवाइल, ४ वटा नागरिकता र अन्य कागजात सहीत उक्त रकम लुटिएको प्रहरीले जनाएको छ।

लुटपाटमा संलग्नहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.