विश्व

टर्कीमा नयाँ वर्षको उत्सवमा बन्दुकधारीको हमला, ३९ को मृत्यु

Photo : www.reuters.com
पुस १७, २०७३

    टर्कीको राजधानी इस्तानबुलको एक रात्री क्लबमा बन्दुकधारीले गरेको हमलामा ३९ जनाको मृत्यु भएको छ। मृतक मध्ये १६ विदेशी नागरिक रहेको बीबीसीले जनाएको छ। ४० जना घाइते भएका छन्।

    आइतबार बिहान नयाँ वर्ष मनाइरहेकामाथि अन्दाधुन्द गोली चलाइएको इस्तानबुलका गभर्नर भासिप साहिनको भनाइ उल्लेख गर्दै सीएनएनले लेखेको छ।

    टर्कीमा भएको यो हमला नयाँ वर्ष २०१७ को पहिलो आतंककारी हमला भएको अमेरिकी र टर्कीका अधिकारीले बताएका छन्।

    बिहान सवा १ बजे बन्दुकधारीले गार्ड बसिरहेका सुरक्षाकर्मीलाई गोली हानेर रेइना नाट क्लब प्रवेश गरेको गभर्नर साहिनले बताए।  उनले भने, 'बन्दुकधारी क्लबभित्र प्रवेश गरे र नयाँ वर्ष मनाइरहेका निर्दोश नागरिकमाथि आक्रमण गरे। यो क्रुर थियो। आपराधिक थियो।'

    आक्रमणको कसैले जिम्मेवारी लिएको छैन। आक्रमणमा कसको संलग्नता हुनसक्छ भन्ने पनि निश्चित भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]