|

बुटवल : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकारले अधिकार आफै संकुचित गरेर राखी प्रदेशका मुख्यमन्त्रीहरूलाई कमजोर बनाउने खेल खेलेको आरोप लगाएका छन्। 

संविधान र संघीयताको मर्म विपरित केपी ओली सरकारले प्रदेशको अधिका हडप्न खोजेको आरोप लगाएका हुन्। नेता निधिले सरबमरले सातै प्रदेशका मुख्यमन्त्रीलाई निरीह बनाउने काम गरेबमे दावी गरे। 

रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ को आयोजनामा बुटवलमा भएको साक्षात्कारमा सरकार संविधान र संघीय मर्म अनुसार चल्न नसक्दा लोकतन्त्र  झनै कमजोर हुँदै गएको नेता निधिले बताएका हुन्। ‘संघीयताको मर्म विपरित सरकारले कदम चाल्दै आएको छ।’ उनले भने। 

उनले सरकार र सत्तापक्षीय दल नेकपाका कारण संधिान र संघीयता धरापमा परेको आरोप समेत लगाए। सरकार अपरिपक्क र फितलो हुँदा संविधान कार्यान्वय नहुन नसकको दावी गरे।

पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सरकारले शान्ति सुरक्षा दिन नसकेको उल्लेख गर्दै हत्यारा, अपराधी, डकैती गर्नेहरूलाई पक्राउ गर्न नसक्नु सरकारको असफलता भएको दोहार्‍याए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.