|

दाङ : सर्पको टोकाइबाट दाङमा एक महिलाको मुत्यु भएको छ। मुत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ कुईरेपानी निवासी ३१ वर्षीया बृहस्पति चौधरी रहेको प्रहरीले बताएइको छ।

चौधरी घरमा सुतिरहेको अवस्थामा मंगलबार विहान २ वजेतिर विषालु सर्पले डसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। चौधरीलाई उपचार लागि नेपालगन्जतर्फ लैजाँदै गर्दा दिउँसो मुत्यु भएको प्रहरीले बताएको छ। त्यसैगरी राप्ती नदीमा बगेर वेपत्ता भएका लमही नगरपालिका ९ तरुले बस्ने ८२ वर्षीय बृद्ध झुपलाल नेपालीको शव फेला परेको छ। गत साउन ३२ गते कोलतराबाट घर फर्किने क्रममा राप्ती नदीमा खसेर उनी बेपत्ता भएका थिए।

वेपत्ता भएदेखि नै खोजी कार्य गर्ने क्रममा तिन दिन पछि मंगलबार विहान बाँकेको राप्ती सोनारी गाउँपालिका ३ खैरेनीस्थित राप्ती नदीको बीच टापुमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख विनोद विक्रम शाहले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.