|

इटलीका प्रधानमन्त्री जिसेपी कोन्टेले छिट्टै राजीनामा दिने तयारीमा रहेको मंगलबार बताएका छन्।

मंगलबार दिउँसो संसदलाई गरेको सम्बोधनमा संसदमा चलेको बहससकिँदा बित्तिकै आफूले राष्ट्रपतिलाई भेट गरी राजीनामा दिन लागेको खुलासा गरेको इटलीका सञ्चारमाध्यमहरूले जनाएका छन्। संसदमा प्रधानमन्त्रीविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव छलफल भइरहेको र प्रधानमन्त्रीले आफ्नो पक्षमा सांसदहरूको बहुमत नपुग्ने देखेपछि उक्त घोषणा भएको हो।

प्रधानमन्त्री कोन्टेलाई उद्धृत गर्दै इटालीका सञ्चारमाध्यमले भनेका छन्, “संसदको बैठक सकिँदासाथ मैले राष्ट्रपतिलाई सरकारमा रहँदाको अनुभव आदानप्रदान गर्ने र राजिनामा दिने निर्णय लिएको छु।”

प्रधानमन्त्रीको उक्त घोषणा सरकारमा दक्षिणपन्थी धारका गृहमन्त्री मट्टेओ साल्भिनीले यसै महिना (अगस्ट)को शुरूमा प्रधानमन्त्रीविरूद्ध संसदमा अविश्वासको मत दर्ता गराएपछि प्रधानमन्त्री राजीनामा दिने सोचमा पुगेका थिए।

इटलीमा प्रधानमन्त्रीलाई हटाई मध्यावधि निर्वाचनको घोषणा गर्ने तयारीसाथ बहुमत सांसदहरूको सहयोगमा गृहमन्त्रीले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.