|

कलैया : कलैयामा माछापुच्छ्र्र्रे बैंकले शाखा विस्तार गरेको छ। कलैयाको भरत चौकस्थित सिंह कम्प्लेकसमा  शाखाले सेवा विस्तार गरेको हो। बैंकका अध्यक्ष वीरेन्द्र महतोको अध्यक्षतामा कलैयाका नगर प्रमुख राजेश राय यादवले पानसमा बत्ती बालेर शाखाको उदघाटन गरे। 

त्यस अवसरमा कलैयाका उद्योगी, प्यापारी, नागरिक समाज, पत्रकार र बैंकका कर्मचारीको उपस्थिति रहेको शाखाका प्रमुख रामजी दासले बताए। कलैयामा बैंकको यो १३६ औँ  शाखा हो।

यो बैंकका ८ लाख सेवाग्राही रहेका बैंकका प्रदेश नम्बर २ प्रमुख लिलाराज थापाले बताए । बैंकले जनताको घर-घरमा पुगेर सेवा दिन शाखा विस्तार गरिएको थापाले बताए । त्यस अवसरमा नगर प्रमुख यादवले जनतालाई सहज र प्रभावकारी रुपले सेवा दिनुपर्नेमा जोड दिए । आजै बैंकले आफनो शाखा सिमरा र निजगढमा पनि विस्तार गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.