|

एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिमले आज माल्दिभ्सको सामना गर्दे छ। लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने प्रतिष्पर्धामा जित्ने टिमले सेमिफाइनल यात्रा तय गर्ने छ। त्यसैले घरेलु कोर्टमा नेपाल जित्नै पर्ने दबाब मा छ। 

समुह ए बाट किर्जिर्गिस्तानले लगातार दुई खेलमा जित निकालेर सेमिफाइनल पुगिसकेकाले पनि नेपाल प्रतियोगितामा निश्चित जितका लागि प्रतिष्पर्धा गर्ने छ। दुवै टोली प्रतियोगितामा जितविहीन छन्। तीन टिम रहेको समूहमा दुवै टिमलाई हराएर किर्जिर्गिस्तान समूह विजेताका रुपमा सेमिफाइनल पुगेकाले केवल एक जितले यि दुई मध्ये एक टिमले अघिल्लो चरणमा स्थान बनाउने छ।

किर्जिर्गिस्तानले उद्घाटन खेलमा घरेलु टोली र मंगलबार भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दे अन्तिम ४ मा प्रवेश गरिसकेको छ। त्यस्तै बुधबारनै हुने दिनको पहिलो खेलमा समुूह बीबाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन्। सेमिफाईनलका नजिक पुगेको उज्वेकिस्तान जित निकाल्दै सतप्रतिशत नतिजा आत्मसाथ गर्न चाहन्छ।

उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बंगलादेशलाई हराएकाले सेमिफाइनल नजिक रहेको छ। अघिल्लो चरण प्रवेश यात्रा सहज बनाउन अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्द्वीविरुद्व जित निकाल्न आवश्यक छ। अन्तिम खेलमा साँझ ७ बजे तुर्कमिनिस्तान र बंगलादेश खेल्नेछन्। अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी राख्न तुर्कमिनिस्तानलाई जित आवश्यक छ। पहिलो खेलमा तुर्कमिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशले भने उज्वेकिस्तानसंग हार ब्यहोेरेको थियो।

बंगलादेश भने लगातार दुई हारले प्रतियोगिताबाट लगभग बाहिरिसकेको छ। समूह बीमा शीर्ष स्थानको उज्वेकिस्तानको ४ अक छ। उज्वेकिस्तान र अफगानिस्तान समान एक खेलमा जित निकाल्दै २ अंक जोडेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.