|

काठमाडौं:   श्रीलंकामा हुने एसीसी यू–१९ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।  प्रतियोगिता यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुनेछ।

नयाँ तालिका अनुसार नेपालले पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ। नेपालको दोस्रो प्रतिद्वन्द्वीका रुपमा बंगलादेश रहेको छ। उसँग नेपालले सेप्टेम्बर ८ तारिखमा खेल्नेछ। समूहको अन्तिम खेलमा नेपालले  युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्नेछ।

आठ देश सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, पाकिस्तान, अफ्गानिस्तान र कुवेत रहेका छन्। प्रतियोगिताको दुई समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

प्रतियोगिताको तयारीका लागि नेपालले श्रीलंकामा नैं केही दिन बन्द प्रशिक्षण तथा तिन वटा अभ्यास खेल खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.