|

सुर्खेत : सिम्ता गाउँपालिकाका कर्मचारीसहित पाँच जनाविरुद्ध अख्तियार दरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गरेको छ।

गाउँपालिकाका सबइञ्जिनियर शिवशंकर पोख्रेलसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। आयोगले इन्जिनियर नवीन शर्मा, देउली–सिर्पा काफलकोट हुँदै जितेजुवा सडकको उपभोक्ता समितिका अध्यक्ष भुवानसिंह ठकुरी, कोषाध्यक्ष टीका वली र सचिव नन्दसिंह ठकुरीविरुद्ध मुद्दा दायर गरेको हो।

सडक निर्माणको लगत इष्टिमेट र सम्झौता बमोजिम १ हजार १६० मिटरको नयाँ ट्रयाक खोल्नुपर्नेमा सो नखोली नयाँ ट्रयाक खोलेको भनी झुट्टा नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदन बनाइएको भन्दै मुद्दा दर्ता गरिएको छ। उनीहरुले सडक निर्माणमा बदनियतपूर्वक ट्रयाक नखोलेको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने वस्तुमा बढी परिमाण गरेको देखाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको पुष्टि भएकोे अख्तियारले जनाएको छ।
 
गलत प्रतिवेदन पेश गरी ४ लाख ५६ हजारभन्दा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनीहरु विगो बमोजिम असुल उपर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबी गरिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.