|

सल्यान  ः  पछिल्लो समयमा सल्यानी खुकुरीको माग अत्याधिक बढन थालेको छ। पहिचानको रुपमा रहेको सल्यानी खुकुरी जिल्ला छोडेर जानेहरुको लागि उपहारको रोजाई बनेको छ। खुकुरीको माग बढदै गएपनि जनशक्तिको अभाव हुँदा माग अनुसारको खुकुरी निर्माण भने हुन सकेको छ्रैन्। 

जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ को विश्वकर्मा टोलमा १० परिवारमध्ये ६ परिवारले खुकुरी बनाउदै आईरहेका छन्। ६ विश्वकर्मा परिवारलाई हरेक दिन खुकुरी बनाउन भ्याइनभ्याइ हुने गरेको छ। 

पछिल्लो समयमा खुकुरी बनाउने काममा युवा पुस्ता भने संलग्न नहुँदा पेशा संकटमा पर्न थालेको स्थानीय जुद्धबिर विश्वकर्माले बताए। उनका अनुसार पहिले १० घरले  खुकुरी बनाउदै आएको भए पनि बिस्तारै खुकरी बनाउने संख्या घटिरहेका छन्। उनले भने ‘खुकुरी निर्माण गर्ने जनशक्ति अभाव, कोईलाको अभाव हुदाँ माग अनुसार खुकुरी बनाउन सकिएको छ्रैन्।’ 

पहिले पहिले सबैले खुकुरी बनाउने पेसामा आबद्ध भएपनि अहिले सबैले  पेसा छोडेर बसाई सर्न थालेको बताए। उनले भने ‘बजारमा खुकरीको माग भए अनुसार पुर्‍याउन सकिएको छैन, अहिलेका युवाहरु पनि चासो देखाउदैनन, कोईला पनि पाउदैन, खुकुरी निर्माण गर्न सके आम्दानीको राम्रो स्रोत छ।’ खुकुरी निर्माण गरेर महिनामा १५ देखि २० हजारसम्म कमाउने गरेको बिश्वकर्माको भनाइ छ। 

अहिले सल्यानी, सिरुपाते, ओखोला, टोरा दुईचिरा, हवल्दार, क्षत्रीलगायत नामका खुकुरी बनाउने अर्का स्थानीय विष्णु बिश्वकर्माले बताए। खुकुरी, उपहारस्वरुप विदेशसम्म जाने भएपनि माग अनुसार उत्पादन गर्न नसकेको उनको दुखेसो छ।  अधिक परिश्रम गर्नुपर्ने, जनशक्ति बढी चाहिने र कोइलाको अत्यधिक प्रयोग हुने भएकाले परम्परागत आरन व्यवसाय संकटमा पर्दै आएको छ। आफुहरुले निर्माण गरेका सल्यानी खुकुरी जिल्ला बाहिर र देश बाहिर समेत जाने गरेको उनकोे उनको भनाइ छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.