|

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा निधन भएका इलामका टुकेन लिङदम लिम्बुको परिवारलाई इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले ४ लाख ७६ हजार ३०३ रूपैयाँ सहयोग प्रदान गरेको छ। 

मंगलबार काठमाडौंमा टिकेनकी श्रीमती सरस्वती नेम्बाङलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो। किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, तथा कोरियाबाट फर्केकी मञ्जु लावतीले रकम हस्तान्तरण गरेका हुन्।

इलामको साँखेजुङका टुकेन २०७४ मंसिरमा दक्षिण कोरिया गएका थिए। उनको गत असार २९ मा निधन भएको हो। टुकेन विवाह गरेको करिब एक सातापछि नै कोरिया गएको उनकी श्रीमती सरस्वतीले बताइन्।

सरस्वतीले आफू शोकमा रहेको बेला राहत दिनुहुने महानुभावहरुलाई धन्यवाद ज्ञापन गरिन्। उनले टुकेनको नामबाट स्कुलमा छात्रवृति कोष खडा गर्ने योजना रहेको सुनाइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.