|
फाइल तस्विर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन्।  

गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’

आफू भोलि सिंगापुर जान लागेको बताउँदै  प्रधानमन्त्री ओलीले भने, 'म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ। अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ।'

आफ्ना विरोधीहरुबारे प्रम ओलीले कडा टिप्पणी गरे । ‘विरोधीहरु कति कमजोर भएछन् भने यो बाँचोस्, मुकाबिला गरुलाँ भन्नु छैन, मरिहालोस भनेछन्’, ओलीले भने, ‘मलाई त्यस्ता प्रवृत्तिहरुसँग केही भन्छु छैन। म स्वास्थ्योपचारका लागि सिंगापुर जाँदैछु।’

ओलीले आफू आउँदो चुनाव लड्न पनि सक्षम रहेको बताए । ‘आउँदो चुनाव टफ हुनेछ । अस्तित्व रक्षाको लडाईं अहिले देखि सुरु गरे हुन्छ। यो मैले किन भनेको भने मरीहालोस भनेर खुबै प्रचार गरेको हुनाले धेरै निरास होलान् भनेर धेरै निरास नहुन पछि भनेर', ओलीले भने, 'मर्न त मरिन्छ। एक जमानामा,एक समयमा हरेक मान्छे मर्छ । हामी सबै मर्छौं। आउँदो चुनावमा अस्तित्व रक्षाका लागि तयार भएर बस्नु। मरिहालोस् भन्नेलाई धेरै निराश होलान् भनेर यो भनेको हुँ।’

उनले आफू अहिले होइन १५ वर्ष अगाडि विरामी भएको बताए। 'मैले अस्ति एक ठाउँमा भनेको थिंए १५ वर्ष अगाडि बिमारी थिएँ। बिमारी त्यतिबेला थिएँ। अब १५ वर्ष अखडामा सामेल छु । बाँकी १५ वर्षचाँहि अखडामा हुन्छु म। त्यसकारण पूजा अर्चना कतै गरेर हुन्छ भने गर्न दिने मेरो बिचार छ । भोली सिंगापुर जाँदैछु । केही दिन लाग्छ। संविधान दिवश-राष्ट्रिय दिवश भन्दा अगाडी आइपुग्छु। मलाई १५ वर्ष केही हुँदैन भनेका छन् डाक्टरले।’

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.