|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले कश्मीरमा विस्फोटक तथा जटिल परिस्थित उत्पन्न भएको भन्दै पुन: मध्यस्थताको प्रस्ताव अघि सारेका छन्। यसअघि पनि उनले मध्यस्थता गर्नेबारे चासो देखाएका थिए। उनको प्रस्तावमा पाकिस्तान सकारात्मक देखिए पनि भारतले अस्वीकार गरिदिएको थियो।

ट्रम्पले यसै साताको अन्त्यमा फ्रान्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट हुने पनि बताएका छन्। उनले भने, ‘कश्मीर एक जटिल समस्या बनेको छ। त्यहाँ हिन्दू पनि छन्, मुसलमान पनि छन्, उनीहरुबीच मिल्ती छ भन्न सक्दिन।’

‘यो लामो समयदेखि चल्दै आएको जटिल मामिला हो। म यसमा मध्यस्थता गर्ने कोशिश गरिरहेको छु। प्रधानमन्त्री इमरान खान र नरेन्द्र मोदीसँग मेरो राम्रो सम्बन्ध छ। यो साताको अन्त्यमा म मोदीलाई भेट्दैछु,’ ट्रम्ले भने।

ट्रम्पले भारत र पाकिस्तानका नेताहरुसँग निरन्तर सम्पर्कमा रहेको पनि बताए। मोदी र खानसँगको छुट्टाछुट्टै टेलिफोन वार्तापछि ट्रम्पले फेरि एकपटक मध्यस्थताको प्रस्ताव अघि सारेका हुन्। उनले दुवै देशका नेतृत्वलाई क्षेत्रीय तनाव घटाउन आग्रह गर्दै आएका छन्। उनले पाकिस्तानलाई भारतविरुद्को वक्तव्यबाजी नियन्त्रण गर्न पनि सुझाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.