|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकरले आज भेटवार्ता गरेका छन्। बुधबार मध्यान्ह काठमणडौं ओर्लिएका जयशंकरले प्रधानमन्त्री ओलीसँग उनको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका हुन्। 

जयशंकर विदेशमन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्। आजदेखि सुरु हुन लागेको नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा भाग लिन जयशंकर काठमाण्डौं आएका हुन्। 

नेपाल बसाईका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.