|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन कार्य पुनः अवरुद्ध भएको छ। निकै ढिलो शुरु भएको स्वास्थ्यको समायोजन पछिल्लो समय स्वास्थ्य र संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयबीचको नीतिगत अस्पष्टताका कारण अवरुद्ध भएको हो।

समायोजन अवरुद्ध भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा पदस्थापन सुचारु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नौ बुँदामा निर्देशन माग गरेको छ। स्वास्थ्यले पठाएको सो बुँदाका विषयमा सामान्यले भने अहिलेसम्म केही जवाफ नदिएको बुझिएको छ।

गुनासालगायत नमिलेका विषयहरूलाई कानुनी रूपमै हल गर्नका लागि स्वास्थ्यले लिखित् रूपमा सामान्यबाट अख्तियारी मागेको हो। तर, सोअनुसार सामान्यले सम्बोधन नगरेपछि स्वास्थ्यको बाँकी समायोजन प्रक्रिया रोकिएको मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य कर्मचारी समायोजनको प्रमुख जिम्मेवारी पाएका महेन्द्रप्रसाद श्रेष्ठले बताए।

'केही प्राविधिक र केही कानुनी कुराहरू अस्पष्ट भएकोले अहिले समायोजन स्थगित छ'  श्रेष्ठले भने 'त्यसलाई स्पष्ट पार्न सामान्यलाई आग्रह गरेको भन्दै ९ बुँदामा पठाइएको निर्देशनको अहिलेसम्मम कुनै जवाफ आएको छैन। उताबाट आएपछि हामीले पुनः समायोजन सुरु गर्छौं।‘

स्वास्थ्य सेवा समूहका झण्डै सात हजार कर्मचारीको समायोजन अझै हुन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहेब र अनमीको समायोजन बाँकी रहेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत करिब २७ हजार स्वास्थ्यकर्मीमध्ये हालसम्म २० हजारको समायोजन भइसकेको छ। अब मन्त्रालयलअन्तर्गत सबैभन्दा धेरै रहेका अहेब, अनमीहरूको समायोजन बाँकी रहेको छ। उनीहरूको समायोजनका लागि अझै केही समय लाग्ने भएको छ।

स्वास्थ्य समूहतर्फको सबैभन्दा जटिल समायोजनको समूहमा प्रकृया प्रवेश गरेको ‍हो। स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारी ढिलो गरी सुरु भएको स्वास्थ्यको समायोजनमा हाल  चिकित्सा, नर्सिङ, आयुर्वेद, जनस्वास्थ्यलगायतका छैटौँदेखि ११ औं तहसम्मका समायोजन सकिएको छ।

 त्यसैगरी, खोप सुपरभाइजर, ल्याब, पब्लिक हेल्थ इन्स्पेक्टरलगायतको पनि समायोजन सकिएको मन्त्रालयले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा समूहका कर्मचारीको समायोजनका लागि सिफारिस गरिसकेको छ।

अन्य सेवा समूहका कर्मचारीको समायोजन भइसकेको छ। यस्तै, तल्लो तहदेखि कर्मचारीको समायोजन र पदस्थापन गर्दै आएको स्वास्थ्य मन्त्रालयको टोली अब  गुनासो परेका पदहरूको मिलानमा अघि बढेको छ।

अघिल्लो पटक सामान्य प्रशासन मन्त्रालयले गरेको समायोजनमा धेरैको नमिलेपछि त्यसलाई बदर गरि पुनः समायोजनको निर्णय गरेको थियो। त्यसअघि नै मन्त्रालयले अघिल्लो पटक समायोजनमा चित्त नबुझेका कर्मचारीलाई गुनासो गर्न समयावधि दिएको थियो। त्यही अनुसार मन्त्रालयमा १३ हजार भन्दा बढी गुनासो परेको थियो।

तर, पछि छानबिन गर्दा ७ हजार बढी गुनासा जायज देखिएको मन्त्रालयको जनाएको थियो। गत असार दोस्रो साता ११ औँ तहका कर्मचारीबाट समायोजन सुरु गरेको स्वास्थ्य मन्त्रालयले अहिले दशौँ तह, नवौँ तह, आठौँ तह हुँदै नर्सिङतर्फको पाँचौ, छैटौँ र सातौँ तहकोसमेत समायोजन गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.