|

काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा एकपछि अर्को कुर्सी भाँच्चिन थालेपछि नयाँ कुर्सीको व्यवस्था गरिएको छ। सोमबारको बैठकमा समिति सदस्य घनश्याम भुसाल बसेको कुर्सी भाँचिएको थियो। 

त्यसअघि बैठक कक्षमा पत्रकार बसेको कुर्सी भाँचिएको थियो। त्यसअघि समितिका सचिव सुरेन्द्र अर्याल बसेको कुर्सी भाँचिएको थियो। 

सोमबार कुर्सी भाँच्चिएपछि समितिमा मेच फेर्ने विषयमा अनौपचारिक छलफल भएको थियो। बुधबार बसेको बैठकमा केही मेच फेरिएको हो। केही मेच थप मगाइएको छ। समितिका अनुसार ४० वटा नयाँ मेच ल्याइएको हो। 

कतिपय समिति बैठकहरूमा काठको कुर्सी प्रयोग गर्नेबारे छलफल भएको थियो। तर विदेशबाट आयातित कुर्सी नै प्रयोग गर्ने गरिएको हो। धेरै कार्यालयहरूमा काठका कुर्सी हटाइएको छ। स्वास्थ्यको दृष्टिले र काम गर्न पनि काठको मेच राम्रो मानिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.