|

काठमाडौं : टेलिभिजन प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। 

बुधबार दिउँसो पत्रकारहरु किशोर श्रेष्ठ, संकेत कोइराला र जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लविरुद्ध निकिता महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन्। 

कीर्ते गरेर पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक गरेको भन्दै निकिता तीनजनाविरुद्ध उजुरी गर्न पुगेपछि निराश हुनु परेको हो। महानगरीय प्रहरी परिसर काडमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आफ्नो कार्यक्षेत्र बाहिरको भएकाले उजुरी दर्ता नगरिएको थाहा खबरसँग बताए।

‘त्यो हाम्रो कार्यक्षेत्रभित्र परेन, त्यही भएर उजुरी दर्ता नगरिएको हो’, सुवेदीले भने, ‘फेरि त्यो आत्महत्या प्रकरणमा त प्रहरीले अनुसन्धान गरिरहेको छ।’

निकिता र रविका दाजु हरिशरण लामिछाने ३ जनाविरुद्ध किटानी जाहेरी दिन वकिलसहित पुगेका थिए । उनीहरुले मुलुकी फौजदारी सहिंता २०७४ को दफा २७६ र २७७ मुलुकी अपराधसहिंता र सरकारी विद्युतीय अभिलेख किर्ते सम्बन्धी कानूनी व्यवस्थामा अनुसार किटानी जाहेरी दिएका थिए। 

प्रहरीले अस्वीकार गरेपछि निकिता, हरिशरण र अधिवक्ता राजेन्द्र सेढाई बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.