|
फाइल फोटो

अर्घाखाँची : अर्घाखाँचीको सीतगंगा ९ नयाँवस्ती रङसिङ खोलाको बगरमा एक बेवारिसे पुरूसको सव फेला परेको छ। शव सडेर चिन्नै नसकिने अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पातलो शरीर, मङगोलियन अनुहारको, ५ फिट ४ ईन्च उचाई भएको, करिब २० देखि ३० वर्ष भित्रको देखिने, कपाल खुइलिएको नग्न अवस्थामा पुरुषको शव फेला परेको हो। जानकारी पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोली घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ।

शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ। शव भेटिएको क्षेत्रबाट मानिस हराएको खबर प्राप्त नभएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.