|

काठमाडौं : तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्धारा  तीज व्यापार मेला राख्‍ने भएको छ। भदौ ६ र ७ गते २ दिनसम्म आयोजना हुने सो मेलाको तयारी पूरा भएको चेम्बरले जनाएको छ।

मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रवर्द्धित ५० कम्पनी, संघ–संस्थाहरूको स्टलको हुनेछ भने ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
यो मेलामा महिला उद्यमी व्यवसायीहरूले आफ्ना सिर्जनात्मक उत्पादन प्रदर्शन गर्ने जनाइउको छ। 

यो मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारङ्गारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तुका साथै नेपाल पर्यटन वर्ष २०२० सफल पार्ने वातावरण तयार पार्ने लक्ष्य लिएको नेपाल महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले जानकारी दिइन्।

उनले यसपालि अर्गानिक व्यापार मेलाका रूपमा यसलाई अगाडि बढाइएको बताइन्। महिला चेम्बर अध्यक्ष श्रेष्ठले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरूलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरूलाई प्रबद्र्धन गर्ने माध्यम भएको दाबी गरिन्। 

नेपाली वस्तु प्रयोगको लागि अभियानको रुपमा तीज व्यापार मेला गर्ने भएकाले नेपाली वस्तुको प्रयोग र प्रबद्र्धनका लागि मेला केन्द्रीत रहेको महिला चेम्बरले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.