ओलीलाई मोदीको सन्देश : इपीजी प्रतिवेदन बुझ्‍छु

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि भारतीय विदेशमन्त्री एस जयशंकरले अपरान्ह एउटा ट्विट गरे। जसमा ओलीसँगको सम्बन्धमा सुधार आएको संकेत गर्दै जयशंकरले आफ्नो छोटो भनाइ राखेका छन्। 

जयशंकरले प्रधानमन्त्री ओली र आफूबीच न्यानो र गहन वार्ता भएको उल्लेख गरेका छन्। 'प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यानो र गहन वार्ता भयो', उनले भनेका छन्, 'कैयौँ पूर्वनिर्धारित कार्यक्रमहरूको व्यस्ताबीच पनि मलाई स्वागत गरेकोमा साँच्चिकै उनको प्रशंसा गर्दछु।' 

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगी शिष्टाचार भेटवार्ता गरेका थिए।

 
प्रधानमन्त्रीका सल्लाहकार के भन्छन्?

भेटमा दुवैतर्फ स्थानीय सरकार रहेको र राजनीतिले पनि स्थायीत्व प्राप्त गरेकाले दुई देशबीचका नीतिगत स्थायित्वलाई पनि अगाडि बढाएर लैजानुपर्ने विषयमा कुरा भएको बताउँछन् प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराई। 

भट्टराईले दुई नेताबीच अत्यन्तै राम्रो  छलफल भएको दाबी गरे। भेटमा जयशंकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश सुनाएका छन्। 

मोदीले प्रबुद्ध समूहको प्रतिवेदनलाई उपयुक्त समयमा बुझ्ने जानकारी जयशंकरमार्फत् गराएको भट्टराईले जानकारी दिए।

भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी हुन भारतीय पक्षको नेतृत्व गर्दै बुधबार दिउँसो काठमाडौँ आएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.