पुरस्कार दिन पनि रकमान्तर गरियो

|

काठमाडौं : साउन १ गतेबाट कार्यान्वयन हुने गरी जेठ १५ गते चालु आर्थिक वर्षको बजेट आयो। तर बजेट कार्यान्वयनको पहिलो महिनाबाटै अर्थमन्त्रालय बजेट अनुशासन उल्लंघनमा सक्रिय भएको छ। साउनमा तोकिएको क्षेत्र भन्दा बाहिर पैसा दिउर अर्थले बजेट अनुशासन तोडेको हो।

सामान्यत: दोस्रो चौमासिकपछि रकमान्तर गर्ने चलन छ। तर बाह्रै महिना बजेट रकमान्तर गर्ने गरेको पाइएको छ। चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा मात्रै सरकारले ५७ लाख रुपैयाँ रकमान्तर गरेको छ। साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको नामा भैपरी आउने खर्च शीर्षककमा रकमान्तर गरिएको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सार्वजनिक गुठी जग्गा जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका लागि १० लाख रुपैयाँ रकमान्तर गरिएको अर्थमन्त्रालयले जनाएको छ। त्यस्तै प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्न प्रधानमन्त्री कार्यालयका नाममा ४७ लाख ६५ हजार रुपैयाँ रकमान्तर गरिएको छ। 

सरकारले बजेट पेश गर्ने क्रममा कहाँ रकम आवश्यकता पर्छ? निर्धारण गर्नुपर्ने हुन्छ। सरकारे यसै कुरामा हचुवामा काम गर्दा पहिलो महिनाबाटै रकमान्तरको समस्या देखिएको हो। 

अर्थमन्त्रालयको आन्तरकि कार्यविधिअनुसार दोस्रो चौमासिक अघि र आर्थिक वर्षको अन्तिम महिना रकमान्तर गर्न मिल्दैन। तर आफ्नै कार्यविधि मिचेर अर्थमन्त्रालयले असार, साउन दुवै महिनामा मनलाग्दी रकमान्तर गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.