नेकपाको सचिवालय बिहीबार बस्ने

|

काठमाडौं : थप गृहकार्य आवश्यक भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार बस्ने गरी सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीका विभिन्‍न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, महानगरपालिकाका अध्यक्ष एवं सचिव, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समितिलगायतमा छलफल भएको थियो। तर दुई अध्यक्षले थप गृहकार्य जरुरी भनेपछि कुनै निर्णय भएन।

यो पनि : माधव नेपालको 'नोट अफ डिसेन्ट' : केपी ओलीले एउटा पद छाड्नुपर्ने 

बैठकमा विविध विषयमा कुरा भए पनि थप गृहकार्य चाहिएकाले बिहीबारका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यस्तै पोलिटब्युरो चयनको विषय पनि बाँकी छ । पार्टी एकताका आधारभूत काम टुङ्गो लगाएको नेकपाले बाँकी कामसमेत सकेर नयाँ सन्देश दिने तयारी गरेको छ।

माधवको फरक मतमा कुरै भएन

वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिबारे सचिवालयमा कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन अन्यमा सचिवालयले गरेको निर्णयमा नेता नेपालले असमति दर्ता गराएका छन्। 
 
'नेता नेपालको असहमतिका विषयमा छलफल गर्नुपरे छुट्टै प्रस्तावमा छलफल गर्न सकिन्छ', प्रवक्ता श्रेष्ठले भने, 'सचिवालयले छलफल नै गर्नुपर्छ भन्‍ने नठानेर माधव नेपालको फरक मतमा कुनै छलफल नै नगरिएको हो।'

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुअगावै पार्टी एकताको काम टुङ्गो लगाउने तयारी गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.