|

सर्लाही : सर्लाहीमा माछापुच्छ्र्र्रे बैंकको एकैसाथ तीनवटा शाखा उद्घाटन गरिएको छ। सदरमुकाम मलंगवासहित हरिवन र लालबन्दीमा बुधबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी शाखाको विधिवत उद्घाटन गरिएको हो।

बैंकका अध्यक्ष डा. वीरेन्द्र महतोको अध्यक्षतामा लालबन्दी शाखाको उद्घाटन गर्दै लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) मानबहादुर खड्काले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक तुल्याउन गाउँघरमा खुलेका बैंक तथा वित्तीय संस्थाले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले लालबन्दी नगरपालिकामा मात्र एक लाख जनसंख्या रहेकोले बैंकले सरल र सहज सेवा दिन सके जनतामा विश्वास बढ्ने र शाखा बलियो हुने धारणा व्यक्त गरे।

बैंकका अध्यक्ष महतोले बैंकले ठूलाभन्दा साना व्यवसायमा लगानी बढाउने र कृषि क्षेत्रमा केन्द्रित रहने बताए। उनले साना व्यवसायीलाई बिना धितोमै ऋण प्रवाह गरिने बताउँदै सेवाग्राही पनि इमान्दार हुन आग्रह गरे। शाखा उद्घाटनको अवसरमा उद्योगी, व्यापारी, पत्रकार नागरिक अगुवालगायत बैंकका कर्मचारीको उपस्थिति रहेको थियो।

सर्लाहीको तीनवटा शाखासहित देशभर बैंकको १३६ औँ शाखा विस्तार गरेको छ। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष महतोले बैंकका ८ लाख सेवाग्राही रहेका बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.