|
प्रतीकात्मक फोटो

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा कडा निमोनियाका कारण एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा परशुराम नगरपालिका–५ परिगाउँका बलबहादुर पुनमगरकी २० वर्षीया श्रीमती पार्वती पुनमगर रहेकी छन्। इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार पार्वतीलाई आफन्तले बुधबार बिहान १० बजेतिर बजे जोगबुडा अस्पताल पुर्‍याएका थिए।

उपचारको क्रममा उनको ११ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यलय जोगबुडाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। उनी विगत ७/८ वर्षदेखि बिरामी रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.