|

दाङ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले नेताको मूल्यांकन गर्ने समय आएको बताएका छन्।

बुधवार कांग्रेस दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले गुट/उपगुटले पार्टीलाई कमजोर बनाएको भन्दै त्यसको अन्त्यका लागि आफू लागिरहेको बताए।

‘पार्टीलाई गु भन्दा पनि सिद्धान्तले चलाउनले हो, पाटीलाई नयाँ जीवन दिनका लागि गुटको अन्त्य हुनै पर्दछ’ उनले भने। उनले पार्टीलाई नयाँ उचाईमा पुर्‍याउनका लागि नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता रहेको बताए।

त्यसैगरी, उनले गुट/उपगुट जुनसुकै पार्टीमा रहने भएकाले त्यसको पछि लाग्नुभन्दा पहिले कांग्रेस बन्न सबै कार्यकर्तालाई निर्देशन दिए। ‘को नेताले के भन्छभन्दा पनि कांग्रेसको सिद्धान्त के हो भन्ने बारेमा तपाईहरूले ध्यान दिनुहोस्’, उनले भने ।  

आगामी चुनावको लागि जनताको विकल्प कांग्रेस नै रहेको भन्दै नेता पौडेलले जनताले खोजेको कांग्रेस बन्नुपर्ने अवस्था आएको बताए। ‘दुई तिहाई सरकारको कार्यप्रति जनता असन्तुष्ट छन्, तसर्थ जनताले पनि काग्रेस कांग्रेस भन्दैछन्’ उनले भने।

त्यसैगरी पूर्वकृषिमन्त्री रामकृष्ण यादवले दुई तिहाई सरकारका कारण देशमा झन् भ्रष्टचार मौलाएको आरोप लगाए। उनले वाइडबडी प्रकरण, ३३ किलो सुन तस्करी, निर्मला हत्याकाण्ड जस्ता अपराधहरूलाई बेवास्ता गर्ने  सरकारप्रति जनताको विश्वास गुमिसकेको समेत दाबी गरे।

कम्युनिष्टसँग सामना गर्नका लागि पहिले आफैँ सुध्रिनु पर्ने बताउँदै मन्त्री यादवले कांग्रेस भन्दै सूर्यमा भोट हाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। गत चुनावमा जनता टाढा भएकै कारण हार बेहोर्नु परेको गुनासो गर्दै यादवले अब जनताको पक्षमा दत्तचित्त भएर लाग्ने समय आएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.