|

काठमाडौं : भारतले नेपाललाई ३ अर्ब बढी रकम प्रदान गरेको छ। बुधबारदेखि काठमाडौंमा सुरु भएको नेपाल-भारत संयुक्त आयोगको बैठकका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री सुब्रमण्यम् जयशंकरको उपस्थितिमा भूकम्पपछिको पुनर्निर्माण र हुलाकी राजमार्ग परियोजनाका लागि ३ अर्ब २६ करोड ५९ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।

कार्यक्रममा भारतीय राजदूत मञ्जिभ सिंह पुरीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नुवाकोट र गोरखा जिल्लामा आवास पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेका हुन्।

यस्तैगरी, तराई क्षेत्रमा सडक पूर्वाधारका लागि ८० करोड ७१ लाख रुपैयाँ प्रदान गरेको छ। यस शीर्षकमा दिने प्रतिबद्धता गरिएको ५ अर्बमध्ये आज ८० करोड ७१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। सोही अवसरमा भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण र नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच पनि एक सहमतीपत्रमा हस्ताक्षर भएको छ। योसँगै भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणबाट विषादी परीक्षण भई आएका खाद्य सामग्री नेपालमा जाँच गरिने छैन।

भारतीय पक्षबाट स्वीकृत भई आएका खाद्य सामग्रीलाई मान्यता दिने तथा नेपालबाट परीक्षण भई प्रमाणीत गरी लगिएका सामग्रीमा एकअर्काले मान्यता दिनेगरी समहमती भएको स्रोतले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.