|

भारतका पूर्वगृहमन्त्री तथा अर्थमन्त्री पी चितम्बरम पक्राउ परेका छन्। कांग्रेसका वरिष्ठ नेतासमेत रहेका चितम्बरमलाई बुधबार राति सीबीआईले घरबाटै पक्राउ गरेको हो।

चितम्बरमलाई भ्रष्टाचार लागेको छ। जसलाई उनले खारेज गर्दै आएका थिए।

पक्राउ गर्नुपहिले उनले दिल्लीस्थित कांग्रेसको मुख्यालयमा पत्रकार सम्मेलन गरेका थिए। उनले आफू कानुनबाट भाग्न नभइ कानुनको शरणमा जान चाहेको बताएका थिए।

दिल्ली हाइकोर्टले यसअघि चितम्बरमलाई अग्रिम जमानत दिन अस्वीकार गरेको थियो। त्यसपछि सीबीआई उनलाई खोजिरहेको थियो। तर २७ घण्टासम्म भेट्न सकेको थिएन।

त्यसपछि उनका वकील सुप्रिम कोर्ट पुगेका थिए। जहाँ उनको निवेदनमाथि शुक्रबार मात्रै सुनुवाई हुने बीबीसीले लेखेको छ।

पक्राउको विरोधमा कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका थिए। सत्ताधारी भारतीय जनता पार्टीले विरोधी दलका नेताविरुद्ध राज्यका संयन्त्रको दुरुपयोग गरेको कांग्रेसको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.