|

जनकपुरधाम : जनकपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सडक छेउको रहेको खम्बामा मोटरसाइकल ठोक्किदा क्षिरेश्वरनाथ नगरपालिका ८ हरैया बस्ने ४० वर्षका जितेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

शनिवार राति करिव १ बजे ज ७ प ३८४५ नम्वरको मोटरसाइकलमा यादव जनकपुरबाट घर गइरहेको समयमा जनकपुरको पिडारीचोक नजिक सडक छेउको खम्बामा ठोक्किपछि हुनको घटनस्थलमै मृत्यु भएको हो।

मृतकको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घट्नाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.