|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर जाँदै भएका छन्। थप उपचारका लागि आज दिउँसो साढे १ बजे सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ओली उपचारका लागि १८ साउनमा सिंगापुर गएका थिए। त्यहाँको सरकारी अस्पतालमा एक साता लामो स्वास्थ्य परीक्षण गरेर उनी फर्किएका थिए । यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहअनुसार सिंगपुर जान लागेका ओलीलाई औषधिको साइड इफेक्ट पनि देखिएको छ।

औषधिको साइड इफेक्टले ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या उनमा देखिएको छ। सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.