खेलकुद

नेपाली किशोर टिम भारतसँग स्तब्ध
SHARES

भदौ ५, २०७६

     भारतमा जारी साफ यू–१५ फुटबल प्रतियोगितामा घरेलु टोली भारतसँग नेपाल फराकिलो अन्तरले पराजित भएको छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल  कमजोर रह्यो।

    पाँचौ संस्करणको प्रतियोगिता अन्तर्गत भारतको कल्याणीमा बुधबार नेपाल सुरुवातबाटै दबाबमा रह्यो। एकपक्षिय रुपमा भारतले नेपालमाथि ५–० को जित निकाल्यो। पहिलो हाफमा ३ गोल गरेको भारतले दोस्रो हाफमा थप दुई गोल थप्यो। भारतको जितमा महेसन सिंह, सुभो पाउल, अनिश मजुमदर, टाईसन सिंह र सिद्धार्थ ननमलिकापेमले समान १–१ गोल गरे।

    नेपालसँग आक्रमक खेल खेलेको भारतले महेसनको गोलबाट खेलको छैटौं मिनेटमा नै अग्रता बनाएको थियो। २४ औं मिनेटमा सुभोले भारतको अग्रता दोब्बर बनाए। पहिलो हाफमानै बलियो अग्रता दिलाउने क्रममा ४१ औं मिनेटमा अनिशले तेस्रो गोल गरे।

    दोस्रो हाफमा पनि नेपालले भारतको आक्रमणलाई रोक्न सकेन्। दोस्रो हाफको सुरुवातमानै टिमको अग्रता चार गोलमा पु¥याउने क्रममा ५० औं मिनेटमा टाईसनले गोल गरे। निरन्तर आक्रमण गरेको भारतले पाँचौ गोल ५६ औं मिनेटमा संभव बनायो। उसका लागि सिद्धार्थले पाँचौ गोल गरेका थिए। त्यसपछि पनि निरन्तर आक्रमण गरेको भारतले थप गोल गर्न भने सकेन्। नेपालले त्यसपछि ३४ मिनेट डिफेन्सीभ खेल्दा थप गोल खाएन्।

    उमेर समुहको ठुलो प्रतियोगिताका रुपमा रहेको साफ च्याम्पियनसिपको पहिलो खेलको फराकिलो हारसँगै किशोर टिमको उपाधि जित्ने संभावनामा धक्का लागेको। नेपालले अब आफनो दोस्रो खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ। यस्तै नेपालले तेस्रो खेलमा आगामी मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ। राउन्ड रोविनका आधारमा भइरहेको खेलमा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्। प्रतियोगिताको शीर्ष दुईमा रहने टिमले फाइनलमा प्रतिष्पर्धा गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]