|

सल्यान : सल्यानको एक विद्यालयमा शिक्षकले तलव नपाएको भन्दै विद्यालय छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय सञ्चालन हुदै आइरहेको छ। 

जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका वडा न ४ देउलीमा रहेको श्री बाललिला प्राथमिक विद्यालयका शिक्षक प्रकाश बुढाले तलव नपाएको भन्दै पढाउन छाडेपछि कार्यालय सहयोगीले पढाउदै आइरहेकी छन्। २०६६ सालमा स्थापना भएपनि हालसम्म एकजना पनि दरबन्दिमा शिक्षक नहुँदा नीजिस्रोतबाट शिक्षक राख्दै आइरहेको छ। कार्यालय सहयोगी राधिका परियार शिक्षक बनेर पढाई रहेकी छन्।

विद्यालयको पठन पाठनमा भन्दा कार्यालयको काममा हाजिर भएपनि शिक्षक नहुँदा पढाउन बाध्य भएको परियारले बताइन। उनले भनिन् ‘विद्यालयमा दरबन्दी शुन्य छ नीजि स्रोतका एक शिक्षकले तलव नपाएको भन्दै छोडी सके अर्को एक जना हुनु हुन्छ उहाँले पनि विगत एक वर्षदेखि तलव पाउनु भएको छैन। उहाँलाई सहयोग गर्न मैलै ले पढाइ रहेकी छु।’  

स्थानीय सरकार विद्यार्थीको भविश्यसँग जोडिएको शिक्षा क्षेत्रमा जिम्मेवार नभएको शिक्षिका जयन्ती बुढाले बताइन। विद्यालयमा सामान्य दैनिक आवश्यक पर्ने कागजातहरु, शिक्षक, विद्यार्थी हाजिरी चक डस्टर आफ्नो व्यक्तिगत लगानीमा किन्ने गरेको उनको भनाइ छ। उनले भनिन् ‘साना विद्यार्थीको भविश्य नविग्रियोस भनेर तलव विनै एक वर्षदेखि पढाई रहेकी छु। त्यतिमात्र नभएर कार्यालयमा आवश्यक पर्ने  सामग्री समेत किन्दै आइरहेकी छु।’ 

नीजिस्रोतका शिक्षकलाई समयमा तलव दिननसक्दा शिक्षकले बिचमै विद्यालय आउन बन्द गर्दा विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर बुढाले बताए। नगरपालिकामा शिक्षा क्षेत्रमा छुट्याएको करोडौ बजेट फिर्ता हुन्छ तर नगरपालिका भित्रका सामुदायिक विद्यालयको अवस्था भने निकै दर्दनाक छ ।   उनले भने ‘कहि कतै आम्दानीको स्रोत छैन र विद्यार्थीबाट फि उठाउन पाइदैन । गाउँमा गएर चन्दा उठाउने हो सबैले दिदैनन्।’  
शिशुदेखि कक्षा तीनसम्म पढाई हुने उक्त विद्यालयमा २६ विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.