|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा महानगरपालिकाका अध्यक्ष एवं सचिव,  प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति गठनबारे छलफल भइरहेको छ। यसअघि हिजो बसेको बैठक थप गृहकार्य आवश्यक रहेको भन्दै केहीबेर बसेर आजका लागि सारिएको थियो।

नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिका विषयमा हिजो कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन तथा अन्य केही विषयलाई लिएर नेता नेपालले सचिवालयले गरेको निर्णयमा असहमति जनाएका छन्। प्रवक्ता श्रेष्ठले नेता नेपालको असहमतिका विषयमा छलफल गर्नुपरे छुट्टै प्रस्तावमा छलफल गर्न सकिने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.