|

दाङ :   दाङ विभिन्न स्थानमा भएको छुट्टाछुटै घटनामा परि ३ जनाको मुत्यु भएको छ।

जिल्लाको गढवा गाउँपालिका  १ पत्रिङगा स्थित एक उद्योगमा वल्डिङ गर्ने क्रममा करेन्ट लागेर रोल्पा सुनछहरी गाउँपालिका ३ का अन्दाजी ३० वर्षिय नर बहादुर बुढा मगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बुधवार दिउँसो ३ बजेतिर करेन्ट लागेर गम्भिर घाईते भएका बुढाको लमही अस्पतालमा उपचारको क्रममा बेलुकी ५ बजेतिर मुत्यु भएको हो।

यस्तै तुलसीपुरमा कुलोले बगाउँदा १ बालकको मुत्यु भएको छ। तुलसीपुुर वडा नम्वर १७ बनकट्टी निवासी राधिका चौधरीका छोरा बर्ष दुईका रिजन चौधरीको कुलोले बगाउँदा मुत्यु भएको प्रहरलिे बताएको छ। घर नजिकै रहेको कुलोले ती बालकलाई बगाएर झन्डै पाँच सय मिटर तल लगेको अवस्थामा फेला परेको थियो । यस्तै अर्जुनखोलामा १ पुरुषको शव फेला परेको छ। बुधवार दिउँसो लमही ६ स्थित अर्जुनखोलामा अन्दाजी ४५ बर्षिय पुरुषको शव फेला परेको प्रहरीले बताएको छ। उनको सनाखत हुन सकेको छैन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.